बुटवल पत्र संवाददाता
धरान । स्वतन्त्रबाट मेयर जितेर देशैभर चर्चा कमाएका धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आप्नो कार्यकालको १ सय दिने प्रगति सार्वजनिक गरेका छन् ।
आधिकारिक फेसबुक पेज Harka Sampang A Revolution बाट उनले १०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर ? भन्दै १३ बुदे कामको विवरण सार्वजनिक गरेका हुन । उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।
त्यसैगरी सरसफाइमा देखिने उल्लेखनीय सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।
यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण
१। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२। ४ ठाउँबाट खानेपानीको मुहान थपे !
३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
४। ६ लाख विरुवा रोपे !
५। सरसफाइमा देखिने सुधार ल्याएँ !
६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७। जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८। बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९। लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०। योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११। पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२। पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३। शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !
#हर्क साम्पाङ