logo बुधबार, भाद्र ३१ २०८३

दाउन्नेमा सवारी दुर्घटना: ३ जनाको मृत्यु, १८ घाइते

दाउन्नेमा सवारी दुर्घटना: ३ जनाको मृत्यु, १८ घाइते


  • बुटवल पत्र
  • शनिबार, चैत्र १४ २०८२

  • ​नवलपरासी (बर्दघाट), चैत १५ ।
    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट–४ स्थित दाउन्ने पहाडको घिउखोलामा आज राती सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
    ​दाउन्नेको ओरालो बाटोमा गुडिरहेका तीनवटा सवारी साधनहरू एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। पुर्वबाट पश्चिम् आउदै गरेका ​ना ७ ख ९३९९ नम्बरको ट्रक
    ​लु २ ख २३८१ नम्बरको बस र ना १ च २२७९ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो । बस सडक बाट तल खसेको छ । घाइते भएका १८ जना मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। १ जना व्यक्ति सवारीभित्रै च्यापिएको अवस्थामा फेला परेका थिए, जसको उद्धार गरिएको छ। प्रश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार