logo बुधबार, भाद्र ३१ २०८३

इन्द्रज्योती कल्याण समाजद्वारा १ लाख सहयोग

इन्द्रज्योती कल्याण समाजद्वारा १ लाख सहयोग


  • बुटवल पत्र
  • शुक्रबार, माघ २० २०७९

  • बुटवल । इन्द्रज्योती बिश्वकर्मा कल्याण समाज बुटवलले कालीगण्डकी, दब्छे रानी खरक स्या·जा स्थित धुव्रज्योति माध्यमिक विद्यालयलाई १ लाख रुपैया हस्तान्तरण गरेको छ । विद्यालयको ४५ औ वार्षिकोत्सवको अवसरमा समाजले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । यो संगै समाजले विद्यालयलाई हरेक वर्ष १ लाख रुपैया नगद सहयोग गर्ने प्रतिवद्धतासहित यसै वर्षदेखि उक्त कार्यको थालनी गरेको हो ।
    समाजका अध्यक्ष दिपक विश्वकर्माले विद्यालयका प्रध्यानाध्यापक हीरा बहादुर गाहालाई रु एक लाखको चेक हस्तान्तरण गर्दै हरेक वर्ष एक लाख रुपैया सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत जनाए । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका समाजका अध्यक्ष बिश्वकर्माले आफ्नो जन्मथलो तथा आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्ययनमा सहयोग पुयाउने उदेश्यका साथ उक्त रकम हस्तान्तरण गरिएको बताए । उनका अनुसार हरेक वर्ष प्रदान गरिने उक्त एक लाख रकमबाट गरिब, जेहन्दार, दलित, जनजाती विद्यार्थीहरुको छात्रवृर्ती तथा पुरस्कारका लागि ८० प्रतिशत तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउन सफल शिक्षकहरुलाई पुरस्कृत गर्नको लागि २० प्रतिशत रकम खर्च गरीनेछ । सो अवसरमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक हीरा बहादुर गाहाले उक्त रकमले विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्नुका साथै शिक्षकहरुलाई शिक्षण सिकाईमा हौसला पुग्ने भन्दै यो सहयोगको लागि समाजलाई धन्यवाद व्यक्त गरेका थिए । इन्द्रज्योती बिश्वकर्मा कल्याण समाज बुटवलका पुराना सुनचाँदी व्यवसायी ज्योतिलाल बिश्वकर्माले आफ्नी स्वर्गीय श्रीमती इन्द्रमति सेन्चुरी बि.क.को सम्झनामा सामाजिक क्षेत्रमा विविध योगदान पु¥याउने उदेश्यका साथ स्थापना गरेका हुन । सोही उदेश्यअनुसार आफ्नो जन्मथलोको विद्यालयलाई सहयोग गरिएको समाजका संरक्षक समेत रहेका ज्योतिलालले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार