बुटवल २ चैत । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बुधवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए। फिफा विश्वकप छनोट २०२६ को तयारीस्वरूप मलेशियामा अभ्यास खेलका निम्ति १० जना अनावश्यक व्यक्तिहरूु सहभागी हुन जान लागेको र तिनीहरूलाई पठाउन एन्फाले स्वीकृति नलिएकोले कानुन बमोजिम कारबाही गर्न मन्त्रालयले परिषद्लाई भनेको हो।
मन्त्रालयको यो पत्रले नेपाली खेलकुद क्षेत्रमा हलचल नै ल्याएको देखिएको छ। विशेष गरी राष्ट्रिय सङ्घका पदाधिकारीहरू त्रसित देखिएका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार