logo बुधबार, भाद्र ३१ २०८३

यस वर्ष हिले दशैं हुने सम्भावना

यस वर्ष हिले दशैं हुने सम्भावना


  • बुटवल पत्र
  • सोमबार, असोज ७ २०८१

  • ६ असोज, काठमाडौं । यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।

    जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो ।’ सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।

    यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

    यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार