- खेमप्रसाद आचार्य
तनाव भनेको मानव जीवनको जीवनशैली एवं कुनै पनि परिस्थितिलाई सामना गर्दा शरीरले देखाउने प्रक्रिया हो। तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरका विभिन्न अङ्गमा हर्मनहरू अत्याधिक मात्रामा उत्पादन गर्दछ। त्यसैले मुटुको धड्कन बढाउने रक्तचाप गडबड गर्ने फोक्सोलाई आवश्यकताभन्दा बढी फुलाउने र खुम्जाउने एवं माशपेशीलाई कडा बनाउने गर्दछन्। तनाव शरीरले देखाउने स्वभाविक प्रक्रिया हो जसले चुनौतीपूर्ण एवं खतरनाक अवस्थाको सिर्जना गर्दछ। मानिस सामाजिक प्राणी हो। जसलाई हरेक हिसाबले उसको कामकाे कारणले बानी व्यवहार एवं साधारण
जीवनमा उत्पन्न हुने अनेक खालका नकारात्मक पक्षले तनावको सिर्जना गर्ने गर्दछ मानिसका समाजमा हुने दैनिक क्रियाकलापका कारणले गर्दा तनाव उत्पन्न हुने गर्दछ।
वर्तमान समयमा मानिसलाई तनावले गर्दा चिडचिडापन,चिन्ता, डिप्रेसन ,टाउको दुख्ने ,निन्द्रा नलाग्ने, अत्याधिक मात्रामा रक्तचापको वृद्धि हुने, छटपटी लाग्ने, जस्ता कार्यहरु तनावकै कारणले समस्याको रूपमा सिर्जना भएका हुन्छन्। तनावलाई साधारणतया दुई भागमा विभाजन गरी हेर्न सकिन्छ। जसमा मानव जीवनमा तनावका कारणले उत्पन्न हुने सकारात्मक तनाव जसले कार्य गर्नमा जागर उत्पन्न गरी सकारात्मक पक्षमा अगाडि बढ्न मद्दत गर्दछ। भने नकारात्मक तनाव जसले मानव जीवनमा विभिन्न खालका तनावहरु सिर्जना गरी जीवनमा ठूलो क्षति निम्त्याउन सक्छ।
मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार व्यस्त दैनिकी अस्वस्थ परिस्थिति राजनीतिक अस्थिरता र सामाजिक समस्या र अनेक किसिमका झमेलाका कारण मानिसले सुखद जीवन बिताउन नपाउनु तनावको प्रमुख कारण हो। उनको भनाइ अनुसार वर्तमान समयमा तनावकै कारण मानिसको जनजीवनमा कष्टकरको अवस्था सिर्जना भएको पाइन्छ। वर्तमान विश्व र आजको युवामा तनाव नआउने भन्ने हुँदैन। जिम्मेवारी एवं आफ्नो भविष्यको अन्तरालमा रहेको युवा अरुका तनावकै कारणले विभिन्न प्रकारका घटना परिघटनाहरूका साथ सेवन साथै अन्य शारीरिक हानि गर्ने खालका थुप्रै नकारात्मक नशाको सेवन एवं कुलतमा फसेको जल्दो बल्दो उदाहरण वर्तमान समाजमा हामी कहाँ छ।
युवा वर्ग आफैमा के गरौं भन्ने हुटहुटी बोकेका र समाज परिवर्तनका लागि अहम भूमिका खेल्ने भएतापनि उनीहरुको जीवनमा आउने तनावका कारण जीवन एवं आफूलाई सार्थक बनाउन असमर्थ बन्नुपर्छ। युवा पुस्तालाई जोसिलो एवं जागरिलो पुस्तकको रूपमा हेरिन्छ। यो पुस्ताले आँटेपछि गर्न नसक्ने केही हुँदैन भन्ने सोच हामी कहाँ सबैमा प्राप्त छ। सबैको आशा र सपनाको भारी पनि यो पुस्तामा तनाव कहिले घट्दैन। पछिल्लो समयमा कामका लागि पनि युवा पुस्तामा तनाव र निराशा बढेको एक अनुसन्धानले देखाएको छ। जसलाई हेर्दा अमेरिकी परामर्शदाता व्यवस्थापन कम्पनी बिएन एण्ड कम्पनीले गरेको सर्वेक्षणले यस्तो देखाएकोछ। सर्वेक्षण अनुसार युवा पुस्ता विशेष गरी (Generation data) सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवाहरू र मेलिनियम सन् १९८१ देखि १९९६ को बीचमा जन्मिएका पुस्ताकै युवा श्रमजीवीहरू पैसाकासँग सम्बन्धित समस्या र आफ्नो करियर कसरी विकास हुन्छ भन्ने विषयमा धेरै चिन्ता भएको भन्ने पाइन्छ। यस्तो खाले प्रवृत्तिले विकसित अर्थतन्त्र भएको मुलुकहरूमा जनाई धेरै पाइन्छ। एक सर्वेक्षणका अनुसार ३५ वर्षभन्दा कम उमेर समूहका ६१% युवा वित्तीय रोजगारी सुरक्षा र आगामी १० वर्षमा आफ्नो करियरको लक्ष्य पूरा गर्न नसकिने हो कि भन्ने तनावमा रहेको पाइन्छ।
हाम्रो परिवेशमा हिँड्दा अध्ययनको सिलसिलामा गाउँदेखि सहर छिरेका युवाहरू समेत शिक्षा क्षेत्रको बोझिलोपन भविष्यमा आफैले लिएको शिक्षाले आफ्नो लक्ष्य र उद्देश्य पूरा नहुने साथै बारम्बारको मिहिनेत र परिश्रम पश्चात असफल हुँदा कुलतमा फसेको र जीवनलाई कठिन अवस्थामा तनाव उत्पन्न भई मानसिक रोगी एवं अन्य कठिनाइको अवस्थामा परेको प्रत्यक्ष उदाहरण हाम्रो आँखा अगाडि छ। यसरी सामाजिक राजनीति आर्थिक रुपले समाजको मार्गदर्शनको रूपमा रहेका युवा हरूमा तनावकै कारण विभिन्न खालका रोगको सिर्जना भई भविष्यमै संकट निम्त्याएको समेत पाइन्छ।
तनावको समाधानमा बौद्ध व्यवस्थापन
ईशापूर्व ५६३ मा जन्मिएका भगवान गौतम बुद्ध एवं एशियाका तारा भनी चिनिने बुद्धले दिएका ज्ञान अर्ति उपदेश हरुलाई संग्रहित गर्दै बौद्ध धर्मको विकास भएको पाइन्छ। जसलाई प्रमुख धर्मग्रन्थ त्रिपिटकबाट स्वचालित एवं व्यवस्थित गरिएको छ। बौद्ध धर्ममा सम्पूर्ण जीवन र जगतलाई फरक दर्शनबाट व्याख्या गर्दै आएको पाइन्छ, साथै जीवन र जगतलाई हेर्ने क्रममा विभिन्न खालका मानसिक एवं शारीरिक रुपमा उत्पन्न हुने तनाव र यसको व्यवस्थापनको समेत अवधारणा उल्लेख गरेको पाइन्छ तनावको व्यवस्थापन गर्न भगवान बुद्धले दिएका एवं सिकाएका अर्ति उपदेशको निरन्तर अभ्यासले जीवन को सुनौलो र मृत्युको मुखमा परेकालाई समेत नयाँ जीवन दिन मद्दत गर्दछ ,बौद्ध को शिक्षा सबैभन्दा महत्त्वपूर्ण रूपमा मानसिक शान्ति र सन्तुलनमा रहेको छ। बौद्ध धर्मले तनावलाई तृष्णा एवं असन्तुष्टि आसक्ती काे परिमान भनेको छ। यसले तनाव व्यवस्थापनको नियम सिकाउँदै तनाव मुक्त बनाउन समेत सफल भएको छ।
बौद्ध धर्मले मानिसको तृीष्णका कारण उत्पन्न हुने तनाव व्यवस्थापनका लागि आर्य अष्टाङ्गिक मार्गद्वारा तनाव व्यवस्थापन गर्न सुझाव दिएको छ। जसमा तनाव लाई चतुर बर्मा विहार जसरी तृष्णा एवं इच्छाका कारणले उत्पन्न एवं हरेक कारणले उत्पन्न हुने तनाव जसकाे दुःखलाई निर्मूल र तनावलाई व्यवस्थापनमा अष्टाङ्गिक मार्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। जसमा सधैँ सही दृष्टिकोण, सही विचार, सही बानी, सत्यकर्म गर्ने ,सही प्रयत्न, सही स्मृति र ध्यानद्वारा मानव जीवनका साथै युवा वर्गमा उत्पन्न हुने तनावको निर्मूलको महत्त्वपूर्ण माध्यम हो। जसले युवा वर्ग एवं जीवनलाई सार्थक बनाई सही र सक्षम बाटोमा हिँड्न मद्दत गर्दछ।
बौद्ध धर्ममा व्यवस्था भए अनुसार वर्तमान युवामा भएको तनाव व्यवस्थापन गर्न ध्यान गर्नु अत्यन्त जरुरी हुन्छ। ध्यानले मानिसलाई नकारात्मक सोचलाई नियन्त्रण गर्दछ। साथै तनावपूर्ण अवस्थामा आत्मपरिचयको विकास गर्दै आफ्नो मनको स्वभावलाई बुझ्न र तनाव कम गर्न मद्दत गर्दछ। दैनिक रुपमा उत्पन्न हुने बानीले धैर्यता र सहनशीलताको विकास गरी अनुशासन एवं सत्तचित्तको विकास गरी तनावबाट मुक्ति दिन ठूलो भूमिका खेलेको हुन्छ। यति मात्र नभएर युवा तनावका कारणले उत्पन्न हुने विभिन्न प्रकारका समस्या समेतलाई सकारात्मक दृष्टिकोणबाट हेरी समाधानको बाटो खोज्न मद्दत गर्दछ।
युवामा भएको तनावको व्यवस्थापन गर्न बौद्ध दर्शनले मूल्यमा आधारित जीवनशैली एवं सिल समाधि र प्रज्ञाको अभ्यासमा समेत जोड दिएको छ सत्य बोल्ने हिंसा नगर्ने अहिंसाको पक्षमा लाग्ने इच्छा एवं घृणालाई नियन्त्रण गर्ने र बानीको विकासमा समेत मद्दत गर्दछ। सिलको पालना गर्न सधैँ सहि र सत्कर्मको बाटोमा हिँड्न को साथै ध्यानको माध्यमबाट जीवनमा सकारात्मक सोचको विकास गरी तनावपूर्ण जीवनलाई सहज र सरल बनाउन मद्दत गर्दछ।
यसरी माथि उल्लेखित विषयवस्तु हेर्दा तनाव व्यवस्थापनको सबैभन्दा महत्त्वपूर्ण प्रयोगको रुपमा बौद्ध व्यवस्थापनले ध्यानलाई लिएको छ। जुन सबैले सरल र सरल रुपमा गर्न सक्ने र तनाव कम गर्न एवं नष्ट गर्न सकिन्छ। ध्यान चेतन मनको प्रक्रिया हो। जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक विशेष कुरा वा मन्त्रादी मा केन्द्रित गर्दछ अथवा कुनै विचार वा छविमा मनलाई निरन्तर स्थिर गर्ने कार्यलाई ध्यान भनिन्छ। जसले मानव मनमा उत्पन्न भएका विभिन्न खालका तनावलाई बोलाउँदै जाने र नयाँ जीवनको सुरुवात गर्न मद्दत गर्दछ। सामान्यतया ध्यान दुई प्रकारका हुन्छन्। जसमध्ये विपासना ध्यान दैनिक रुपमा गर्दै जाने हो भने जस्तोसुकै ठूलो तनावलाई अन्त्य गर्दै सिलवान जीवन जिउन महत्वपूर्ण भूमिका खेल्छ।
अन्त्यमा वर्तमान युवा पिढीले भौतिक प्रगति माध्यमहरूलाई मानसिक जबसम्म पाउँदैनन् तबसम्म तनावको व्यवस्थापन एवं कुशल र सक्षम युवा जनशक्ति निर्माणमा कठिन हुन्छ। तनाव आधुनिक समाजको सामान्य समस्या हो। तर बौद्ध व्यवस्थापनको अभ्यासले एवं ध्यानको अभ्यासले यसलाई सहजै समाधान गर्न सकिन्छ। यदि युवा वर्गले तनाव सिर्जना हुने विषयवस्तु भन्दा पनि बौद्ध मार्गदर्शनलाई आफ्नो जीवनशैली जीवनशैलीमा अवलम्बन गर्न नसके उनीहरुले मानसिक शान्ति सुखी जीवनको उपभोग एवं असल मार्ग का साथ खुसी र सफलताको साँचो अर्थ पाउन सक्छन्। त्यसैले वर्तमान युवामा जति सुकै ठूलो तनाव भएपनि बौद्ध व्यवस्थापनले तनावको व्यवस्थापन गरी सिलुवान जीवन जिउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
भवतु सम्म मंगलम् !!!
- लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयमा बि.ए.एलएल्.बि., चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्