logo बुधबार, भाद्र ३१ २०८३

रुपन्देहीमा ६५ प्रतिसत मतदान

रुपन्देहीमा ६५ प्रतिसत मतदान


  • बुटवल पत्र
  • आइतबार, मंसिर ४ २०७९

  • रुपन्देही । रुपन्देहीमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । यहां करिव ६५ प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

    केही मतकेन्द्रमा मतदाताले मत खसाल्दा मतपेटिका फरक पारेपछि केहीवेर मतदान स्थागित भएपनि सिंगो जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले बताउनुभयो ।

    पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक नै रहेको पाइएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा २१३ मतदान स्थल र ७०७ केन्द्र रहेका छन् ।

    निर्वाचनको अन्तिम विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार