logo बुधबार, भाद्र ३१ २०८३

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित


  • बुटवल पत्र
  • सोमबार, मंसिर ५ २०७९

  • ५ मंसिर, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । 

    एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।

    मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार