logo बुधबार, भाद्र ३१ २०८३

राष्ट्रपति भण्डारीले अवकाशपछि आवास सुविधा नलिने

राष्ट्रपति भण्डारीले अवकाशपछि आवास सुविधा नलिने


  • बुटवल पत्र
  • बुधबार, माघ १८ २०७९

  • काठमाडौं १७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने भएकी छन् । यसअघिका राष्ट्रपति डा. रामवरण यादव सरकारले उपलब्ध गराएको आवास सुविधा प्रयोग गर्दै आएका छन् । तर राष्ट्रिपति भण्डारीले भने सरकारी आवास सुविधा नलिने भएकी हुन ।
    शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी आफ्नै निजी निवासमा सर्नेछिन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा उनको निजी निवास छ । केही दिनअघि मात्रै सो निवासको जिर्णोद्वार गरेर बस्नलायक बनाइएको थियो ।
    राष्ट्रपतिको काठमाडौंमा घर भएको बाहेक अर्को जग्गा नरहेको पनि स्रोतको भनाइ छ । अहिले घर भएको जग्गा उनले २० वर्षअघि खरिद गरेकी थिइन् । घर बनाएको पनि करिब १५(१६ वर्ष भइसकेको छ । भण्डारी शीतलनिवास सरेपछि त्यो घर उनका भाइले रेखदेख गर्दै आएका छन् ।

    सरकारले पूर्वपदाधिकारी दिने सुविधाबारे स्पष्ट कानून बनेको छैन । मन्त्रीपरिषदको निर्णयका आधारमा पूर्वपदाधिकारीहरुले सुविधा भोग गर्दै आएका छन् । सरकारले पुर्व राष्ट्रपतिको हकमा राजधानी उपत्यकामा घर नभएका पूर्व राष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ र घर भएका पूर्व राष्ट्रपतिलाई मासिक एक लाख रुपैया आवास सुविधा दिँदै आएको छ । पूर्वराष्ट्रपति यादवले मन्त्रीपरिषद निर्णयबाटै आवास लगायत विभिन्न सुविधा लिएका हुन् । उनको निजी घर बागडोलमा सुनसान छ भने त्यही नजिकै सरकारले उनलाई मासिक दुई लाख (प्रत्येक वर्ष बढ्ने गरी) को घर भाडामा लिएर राखेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार