logo बुधबार, भाद्र ३१ २०८३

धुव्रज्योति माध्यमिकको ४५ औं वार्षिकोत्सव

धुव्रज्योति माध्यमिकको ४५ औं वार्षिकोत्सव


  • बुटवल पत्र
  • बुधबार, माघ १८ २०७९

  • बुटवल । धुव्रज्योति माध्यमिक विद्यालय कालीगण्डकी, दब्छे रानी खरक स्या·जाको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिबस सम्पन्न भएको छ । साथै सोही अवसरमा म्ीएक्ष्ग् द्वारा निर्मित ४ कोठे भवनको उद्घाटन समेत गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिम बहादुर थापाले सामुदायिक विद्यालयहरुको संरक्षण, प्रर्वद्धन र स्त्तरोन्नतीका लागि गाउँपालिका सदैव सकारात्मक रहेको बताउदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबैजनाले चासो दिनुपर्ने बताए ।
    कार्यक्रममा कालीगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे, जिल्ला समन्वय समिति सदस्य भोज बहादुर दर्लामी, वडा अध्यक्ष सुन्दर प्रसाद अधिकारी, बिरेन्द्र मा.बि का प्रध्यानाध्यापक टि बि राना लागायत छिमेकी विद्यालयका प्रध्यानाध्यापकहरु, कालीगण्डकी गाउपालिका शिक्षा शाखाका अनिल किशोर ढुंगाना, इन्द्रज्योती बिश्वकर्मा कल्याण समाज बुटवलका अध्यक्ष दिपक कुमार विश्वकर्मा लगायतले बोलेका थिए ।
    सो अवसरमा विद्यँलयको बार्षिक नतिजाको पुरस्कार बितरणका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न बिधाका उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गरिएको थियो भने बिषयगत रुपमा उत्कृष्टता हासिल गराउन सफल शिक्षकहरुलाइ पनि सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयलाई रु ५०००० (पचास हजार) चन्दा दिने हाल बर्दघाट नवलपरासी निवासी तेज बहादुर थापालाई पनि सम्मान गरिएके थियो । यस्तै बुटवलमा स्थापित इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले विद्यालयलाई हरेक वर्ष १ लाख रुपैया नगद सहयोग गर्ने प्रतिवद्धतासहित यसै वर्षदेखि उक्त कार्यको थालनी गरेको छ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका समाजका अध्यक्ष दीपक कुमार बिश्वकर्माले विद्यालयका प्रध्यानाध्यापक हीरा बहादुर गाहालाई रु एक लाखको चेक हस्तान्तरण गर्दै हरेक वर्ष एक लाख रुपैया सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए । समाजका अध्यक्ष बिश्वकर्माका अनुसार उक्त एक लाख रकमबाट गरिब, जेहन्दार, दलित , जनजाती विद्यार्थीहरुको छात्रवुर्ती तथा पुरस्कारका लागि ८० प्रतिशत तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउन सफल शिक्षकहरुलाई पुरस्कृत गर्नको लागि २० प्रतिशत रकम खर्च गरीनेछ । सो अवसरमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक हीरा बहादुर गाहाले उक्त रकमले विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्नुका साथै शिक्षकहरुलाई शिक्षण सिकाईमा हौसला पुग्ने भन्दै यो सहयोगको लागि समाजलाई धन्यवाद व्यक्त गरे ।
    कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक गाहाको अध्यक्षता र सहायक प्रध्यानाध्यापक ढुण्डिराज न्यौपाने र कक्षा ८ का विद्यार्थी सोनिया दर्लामीको स्वागत र कक्षा ११ का विद्यार्थाी सिमा राना र १२ का विद्यार्थाी बन्दना लामिछनको संचालनमा सम्पन्न भएके थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार