logo बुधबार, भाद्र ३१ २०८३

रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ – भ्रष्टाचार न्यूनीकरणमा सरकारको मुटु हल्लिएको छैन

रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ – भ्रष्टाचार न्यूनीकरणमा सरकारको मुटु हल्लिएको छैन


  • बुटवल पत्र
  • शनिबार, जेष्ठ १३ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भ्रष्टाचार न्यूनीकरणमा सरकारको मुटु नहल्लिएको भन्दै जवाफ फर्कांएका छन् ।
    वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले लामिछानेतर्फ लक्षित गर्दै जवाफ फर्काएका हुन् । उनले शंका गर्नुभन्दा सरकारको संकल्पको पक्षमा उभिन आग्रह गरे ।
    प्रधानमन्त्री प्रचण्डले भने,“एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो । विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु ।”
    यही जेठ १० गतेको संसद् बैठकमा लामिछानेले प्रधानमन्त्रीको मुटु हल्लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए । उनले मुटु जाँच गराउन भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार