logo बुधबार, भाद्र ३१ २०८३

ल्हारक्याल लामा नियुक्त गर्नुले गलत सन्देश प्रवाह भयो : विश्वप्रकाश शर्मा

ल्हारक्याल लामा नियुक्त गर्नुले गलत सन्देश प्रवाह भयो : विश्वप्रकाश शर्मा


  • बुटवल पत्र
  • सोमबार, साउन २२ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन् ।
    सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
    उनले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताए ।
    उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने उल्लेख गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार