logo बुधबार, भाद्र ३१ २०८३

आमालाई मन्दिर पु¥याउदा छोराको निधन

आमालाई मन्दिर पु¥याउदा छोराको निधन


  • बुटवल पत्र
  • सोमबार, साउन २८ २०८१

  • आमाको अवस्था पनि गम्भीर

    बुटवल । साउनको अन्तिम सोमबारको दिन आमालाई बोलबम मन्दिर लैजान लागेका बुटवल १३ बेलबासका अंकृत पाठक घरमा कहिल्यै नफिर्किने गरी विदा भएक छन् ।
    बुटवल बेलावासबाट सैनामैना, पर्राेहास्थित बोलबम मन्दिरमा पुजाआजवाका लागि आमा लिएर हिडेका उनी सडक दुर्घटनामा परी निधन भएका हुन । उनले चलाएको स्कुटरलाई विपरित दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
    उनीसँगै रहेकी आमाको अवस्था पनि गम्भीर रहेको छ । अहिले आमाको आइसियुमा उपचार भइरहेको छ । दुर्घटनामा उनीहरूलाई ठक्कर दिने मोटरसाइकलका चालक पनि गम्भीर घाइते छन् ।
    सोमबार बिहान भएको सो घटनामा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको र दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
    सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।
    दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।
    यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छन्। साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार