बुटवल १३ पौष । लुम्बिनी कपडा सिलाई व्यवसायी संघ, लुम्बिनी प्रदेश समितिले शनिबार बुटवलमा महिला भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । भेलाले धनिकला विरकटा मगर सयोजकत्वमा ९ सदस्यीय रुपन्देही जिल्ला समितिको चयन गरेको छ । जसमा सोना साही , विष्णु दर्नाल, मेगिना रणपाल, पवित्रा परियार, माया थापा, सपना रणपाल र दिपा परियार सदस्य रहेका छन् ।
संस्थाका संरक्षक राम परियारको प्रमुख आतिथ्यता, नेपाल टेलरिङ्ग व्यवसायी संघका कोषाध्यक्ष प्रताब परियारको बिशिष्ट आतिथ्यता रहेको उक्त भेलामा परियार सेवा समाज केन्द्रीय उपाध्यक्ष तिलक नेपाली, नेपाल कपडा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुवास परियार, लुम्बिनी स्वतन्तत्र सिलाई व्यवसायी समिति रुपन्देहीका अध्यक्ष कमल छिनाल लगायतको उपस्थिती रहेको थियो ।