बुटवल ०३ फाल्गुण । प्रगतिशिल लेखक संघ (प्रलेस) रुपन्देहीले प्रदान गर्ने प्रलेस सम्मान तथा पुरस्कार–२०८१ साहित्यकार तथा रूपन्देहीका पुराना कम्युनिस्ट नेता देवेन्द्र घिमिरेलाई प्रदान गरिएको छ ।
शनिबार बुटवल सम्पन्न प्रलेस रुपन्देहीको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनका अवसरमा घिमिरेलाई यो सम्मान प्रदान गरिएको हो । घिमिरेलाई प्रमुख अतिथि प्रलेस केन्द्रीय उपाध्यक्ष प्राज्ञ नमुना शर्मा र विशेष अतिथि दल.ब. गुरुङको हातबाट सम्मान प्रदान गरिएको थियो । सम्मानित घिमिरेका प्रलेस रुपन्देहीका पुर्व अधयक्ष समेत हुन । पूर्व अध्यक्ष प्रदीप प्रधानद्वारा स्थापित ज्योतिमान बुद्धिकुमारी प्रधान अक्षयकोषबाट प्रलेस सम्मान तथा पुरस्कार–२०८१ प्रदान गरिएको हो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताइन् । विशिष्ठ अतिथि गुरुङले प्रगतिशील साहित्यको भूमिका र श्रमिक वर्गको चेतना अभिवृद्धिमा यसको प्रभावबारे प्रकाश पारेका थिए ।
आसनग्रहणमा नयाँ शैली
उक्त साधारण सभा तथा अधिवेशनको उदघाटन सत्रमा आसनग्रहणका क्रममा नयाँ शैली अपनाइएको थियो । सामान्यतया कार्यक्रमहरुमा सबैभन्दा पहिले सभाध्यक्षलाई सबै भन्दा पहिले आसन ग्रहण गराएर मात्रै प्रमुख अतिथि लगायत अन्य अतिथिहरुको आसन ग्रहण गराउने परम्परागत शैलीलाई आधुनिकीकरण गर्दै उक्त कार्यक्रममा कार्यक्रमका सभाध्यक्षलाई सबैभन्दा अन्तिममा आसन ग्रहण गराइएको थियो ।
सुप्रसिद्ध प्रगतिवादी कवि रामचन्द्र भट्टराई, दिल साहनी र बूँद रानालाई सुरुमै अभिभावकीय आतिथ्यका लागि बोलाएपछि मात्र प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिलाई आतिथ्यका लागि बोलाइएपछि मात्रै कार्यक्रममा सभाध्यक्ष कविराज पौडेललाई अन्तिममा बोलाइएको थियो ।
यस किसिमको कार्यक्रम संचालनको शैलीले सामन्तवादी आतिथ्य परम्पराको सीमा रेखालाई भत्काइएको बताएको बताए ।
सामन्तवादी आतिथ्य परम्परामा कार्यक्रमको उत्घाटन सत्रमा कार्यक्रमलाई ओैपचारिक रूपमा आरम्भ गर्दा आरम्भमै सभाध्यक्षलाई केन्द्रमा राख्ने सामन्तवादी संस्कारलाई भत्काएको उनले बताए । त्यस्तै
कार्यक्रममा अतिथिहरूलाई माथिल्लो र तःलो श्रेणीमा विभक्त नगरी समानता र सहअस्तित्वको अनुभूति दिलाउने गरी समतलीय पद्धतिलाई अनुसरण गरिएको थियो ।
प्रतिवेदन र प्रलेस अङ्क–५ प्रकाशनको अनुभूति बारे बोल्दै सभाध्यक्ष पौडेलले प्रगतिवादी स्रष्टाहरूले विचारधात्मक संघर्षमा गत्यारोध आएको ऐतिहासिक सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिमाथि चारैतिरबाट प्रहार भइरहेको पनि बताए । आलोचनात्मक दृष्टिकोण प्रगतिवादको प्रस्थाविन्दु हुन नसक्ने उनको ठम्याइ थियो । समग्र आन्दोलन जोगाउन प्रलेसले साहित्य, कला, संस्कृतिका साथै दर्शन, राजनीति, अर्थशास्त्र आदि क्षेत्रमा विचारधारात्मक सङ्घर्ष चलाउनुपर्छ –उनले भने । प्रगतिवादी स्रष्टाहरू पनि ढलेँ ढलेँ भन्दै फेसबुकका भित्तामा टिकटक पोस्ट्याएको प्रति वैचारिक स्खलनको संज्ञा दिए ।
अधिवेशनमा विभिन्न घटकका कम्युनिस्ट पार्टी प्रमुख र विशेष अतिथिसहित पार्टी प्रतिनिधिहरू(नेकपा (एमाले) जिल्ला अध्यक्ष यज्ञ गैरे, नेकपा (माओवादी केन्द्र ) प्रदेश सचिवालय सदस्य सुजित बि।क, राष्ट्रिय जनमोर्चाका नेता लिल ब. के.सीले शुभकामना दिएका थिए । अधिवेशनमा सार्वजनिकीरण भएको प्रलेस अङ्क–५ को समीक्षकको भूमिकामा रहेका पूर्व अध्यक्ष प्रा. डा. कपिलदेव लामिछाने, प्रा.डा हिरण्यलाल ज्ञवाली, प्रलेस, केन्द्रीय सदस्य हृदय लेकाली, प्रदेश उपाध्यक्ष तिलक लामिछाने प्रदीप प्रधान, दिल्लीराज भट्टराई ,रुद्र ज्ञवाली,अध्यक्ष मण्डलका संयोजक पूर्व अध्यक्ष डा.मुरारी पराजुली,अक्सफोर्ड कलेजका अध्यक्ष डा.अजित खनाल, गिरी श्रीस मगर,लुम्बिनी बौद्बविश्वविद्यालयका सह प्रा.डा.सागर न्यौपाने, ऋषि आजाद, रुद्र शर्मा दुःखी, डा. बालकृष्ण चापागाईं प्रदेश उपाध्यक्ष तिलक लामिछाने आदिको आतिथ्य रहेको थियो ।