logo बुधबार, भाद्र ३१ २०८३

बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस

बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस


  • बुटवल पत्र
  • मंगलबार, जेष्ठ २८ २०८२

  • बुटवल, २६ जेठ । परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ ।
    परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
    कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले यस संस्थाले संस्थाको उदेश्यसंगै समानतामुलक समाज निर्माणमा पनि निरन्तर योगदान दिंदै आएको बताएका थिए । २१ औं सताब्दीमा पनि अझै मानव–मानव वीचमा भेदभाव र छुवाछुतको श्रृंखला कायम रहेको भन्दै यसको निराकरणका लागि सबैसंग हातेमालोको जरुरी रहेको उनले बताए ।
    यस्तै बिशिष्ठ अतिथि परियार सेवा समाज केन्द्रीय उप–महासचिव सरोज गौतमले निकै मेहनत र संघर्षले यस संस्थाको स्थापना भएको बताउदै ३० औं वर्षको अवधिसम्म आइपुग्दा परियार समुदायको हकहितका साथै सम्पूर्ण दलित मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
    अधिवक्ता जानकी बराहले परियार सेवा समाजले परियार समुदाय मात्रै नभई समग्र दलित मुक्ति आन्दोलनमा पनि उत्तिकै योगदान दिंदै आएको बताउदै समातामुलक समाज निर्माणमा यस संस्थाले उल्लेखनीय योगदान दिँदै आएको बताईन । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य संजय सौगात परियार सेवा समाजले सम्पूर्ण परियार समुदायलाई एकीकृत एउटै छातामुनि राखी समतामुलक समाज निर्माणमा अग्रसरता देखाउनुपर्ने बताएका थिए । कार्यक्रममा सैनामैना सिलाई व्यवसायी संघका अध्यक्ष सन्तोष परियार, सल्लाहकार बाबुराम परियार, दलित अभियन्ता कुमार पहाडी लगायतले बोल्दै सम्पूर्ण परियारहरु एकजुट भएर यस समाजलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रमपरियार सेवा समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार