नेपालको संगीत क्षेत्रको इतिहासमा मधुर संगीतका धनी भनेर चिनिने संगीतकार आलोक श्री जसको संगीतमा सयौ गायककारहरूले स्वर दिईसकेका छन् । उहाँका मौलिक श्रृजनाहरू देश विदेशमा खुब रुचिका साथ सुनिन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइ सकेका कलााकार ,नेपालका रामकृष्ण ढकाल, उदित नारायण झा लगायत भारतका स्वर समा्रट भनेर चिनिने जगजित सिंहको नाम समेत उनको संगीतसँग जोडिएको छ । नेपाली संगीतमा लामो समय विताइसकेका आलोक श्री पहिले संगीत साधना थियो तर अहिले पेशा बनेको तर्क दिन्छन् । उनको निवास गोदावारीमा बुटवलपत्र सहकर्मी इशवर बिश्वकर्मााले गरेको कुराकानीलाई यसरी प्रस्तुत गरिएको छ ।
हजुरले नेपाली गीत संगीतमा लामो समय विताइसक्नु ुभएको छ, अनुभवको आधारमा भन्नु पर्दा नेपाली संगीतको पहिलेको अवस्था र अहिलेको अवस्थामा के फरक पाउनुहुन्छ रु
उत्तर –२०४६ साल देखि यस क्षेत्रमा आवद्ध भएर मैले के बुझे भने ,पहिलेको संगीत श्रृजना हो जसमा जीवन थियो तर अहिलेको संगीतमा जीवन छैन । मात्र व्यापारीकरण छ ।
पहिलेको कलाकारलाई गीत रेकड गर्न निकै समस्या थियो, समय तथा अवसरको पर्खाइ लामो हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन, एउटा गीत संगीत श्रृजना गरेर मात्रै पनि अन्तर्राष्ट्रिय कलाकार बनेको उदाहरण छन्। पहिले आत्मसन्तुष्टिका लागि गीत गाइन्थ्यो, गीतबाट कमाउने भन्दा पनि गीतको लागि खर्च गर्ने गरिन्थ्यो तर अहिलेको गीतले नामको साथै दाम पनि दिने हुँदा यसमा सबैको आकर्षण बढ्दै गएको पाइन्छ । अहिले यस क्षेत्रमा लागेर चर्चामा आएको कलाकार हरूको आफ्नो घर छ, गाडी छ, तर पहिले आफ्नो पकेटबाट खर्च गरेर यस क्षेत्रमा टिक्नुपर्ने अवस्था थियो । पहिले १०० जनाको अगाडि आफ्नो श्रजना सुनाउन पाउँदा आफुलाई ठूलो कलाकार भएको महसुस गर्ने गरिन्थ्यो तर अहिले जति रकम धेरै लिएर गीत गाइन्छ त्यति नै ठूलो कलाकार बुझिने अवस्था आएको छ । त्यसैले पहिलेको गीत संगीत र अहिलेको गीत संगीतमा आकास जमिनको फरक छ ।
पहिलेका कलाकारहरू आफ्नो क्षेत्रमा कति विज्ञ थिए रु ,अहिलेको नेपाली गीत संगीतमा आउने कलाकारहरू प्रशिक्षण लिएर आएका छन् कि मात्र रहरले आएका छन् रु
उत्तर– पहिले पनि सबै कलाकार हरू दक्ष थिएनन्, साधना गरेर आउने कमै थिए ,जो साधना गरेर आएका आए ति नेपाली गीत संगीतको जगतमा तारा बनेर उदाए ।अहिले आएका नयाँ पुस्ता पनि संगीतमा २० सौ वर्ष लगाएर सिकेर आएका छन् उनीहरूमा संगीतको पूर्ण ज्ञान छ । जस्तै शिव परियार , रामकृष्ण ढकाल ,प्रमोद खरेल आदि संगीत सिकेर आएका हुन ्। यिनीभन्दा अझै नयाँ पुस्तामा पनि संगीतको धेरै ज्ञान छ । संगितमै आफ्नो पढाई पूरा गरेर यस क्षेत्रमा आएर नाम कमाएका कलाकार पनि छन् । त्यसैले पहिलेका सर्जगहरूमा शास्त्रिय संगीतको मात्र ज्ञान थियो भने अहिले सम्पूर्ण संगीतको ज्ञान छ । प्रशिक्षण लिएर आउनेको कमि छैन तर संगीतको व्यबसायिकरण भएको छ , रकम लिएर मात्र संगीत गरिने हुनाले
पहिलेको संगीत साधना भित्रको मिठास थियो भने अहिलेको संगीत मोलमोलाइको व्यवसाय भएको छ ।
नेपाली गीत संगीतमा भएकोे आमूल परिवर्तनको क्रममा आजभोलि प्रयोग भएका बाजाहरू तथा श्रृजनाहरूमा मौलिकता हराएकै हो त रु
उत्तर– मौलिकता हराएको होइन,बरु प्रयोगमा आउने बाजाहरूको संख्या वृद्धिले गर्दा त्यस्तो महसुस भएको होला । आजभोलि मादल, सारंगी, मुर्चुङ्गा र भाइलुन बेगर गीत रेकड हुदैनन ्,पहिले मादल र सारंगिमा मात्र गीत रेकड हुन्थे, तिनको मात्र धुन सुनिन्थ्यो तर अहिले तिनिसंगै अरू ६०÷७० बाजाहरू पनि बज्ने भएकोले भीडमा लोप भएको जस्तो लाग्नु स्वभाविक नै हो तर म एउटा संगीतर्मीको हैसियतले भन्नुपर्दा हाम्रा पुरातात्विक सँस्कृति बोकेका बाजाहरूको स्थान घटेको छैन बरु बढेको छ । पहिले मादल सारंगीलाई अगाडि राखेर संगीत श्रृजना हुन्थ्यो भने अहिले यिनिहरूको मात्र प्रयोग नगरी अरू बाजाको पनि समावेश भएको कारणले मौलिकता हरायो भनिएको हो ।
यदि कोही कलाकार क्षमता, प्रतिभा भएर साथसाथै प्रशिक्षण लिएर आएमा उसलाई यस क्षेत्रमा अगाडि बढ्न कतिको सहज छ रु
उत्तर– बिना प्रतिभा यस क्षेत्रमा आउन खोज्ने त मुर्ख हो । जसमा कला छ साथसाथै उ तालिम प्राप्त पनि छ भने उसको कलालाई अगाडि बढ्न सजिलो छ तर पैसाको बलमा कोही संगीतमा आए त्यो टिक्न सक्दैन । कलाले जहिले पनि प्लाटफर्म खोजेको हुन्छ ,प्लाटफर्म पाउनको लागि त प्रतिभावान हुनै पर्छ । मैले कुनै संगीत सुनाउछु भने सुनिदिने ५÷७ व्यक्ति खोजेको हुन्छु त्यो भनेको प्लाटफर्म खोजेको हो , जसरी महाकवि देवकोटाले आफ्नो कविता कागजमा लेखेर फाल्ने गर्थे अरूले पढुन्भनेर किनकि त्यो पनि अवसरको खोजी थियो ।त्यसैले सक्षम कलाकारले जहिले पनि प्लाटफर्म खोजेको हुन्छ।
सबैले भन्छन्, कलाकार समाजको एउटा जिम्मेवार व्यक्ति हो , संगीतले सभ्य समाज बनाउन तथा रूपान्तरणको लागि कस्तो किसिमको भूमिका निभाउनुपर्ला रु साथसाथै संगीतले राष्ट्रको निम्ति पनि कस्तो किसिमको योगदान दिन सक्छ रु
उत्तर– कलाकार देशको गहना हो र स्पष्ट ऐना हो । जसरी माइकल जेक्सनको एउटा प्रकृतिको गीतले पूरा देशलाइ रुवायो । नेपालको गाउँ गाउँ बाट उठ भन्ने गीतले क्रान्ति ल्यायो ।बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस यस्ता गीत भनेका राष्ट्रका सम्पत्ति हुन् । गीतमा हुने दर्शनले राष्ट्रको महिमा बोकेको हुन्छ ,त्यसैले संगीत आफैमा देशको गरिमा हो ।
अब अलि फरक प्रसंग जोडे, देशमा सबैले विकास र समृद्धि चाहेको अवस्था छ ,त्यसैले देशको विकास तथा समृद्धिको लागि कस्तो किसिमको निति निर्माण हुनुपर्ला रु
उत्तर– नीति निर्माण बनिसकेको छ ,समृद्धिको ढोका खुलिसकेको छ । समृद्धि भित्र छिर्न मात्र बाँकी हो । देश समृद्ध हुनको लागि जनता सभ्य र समृद्ध हुनुपर्छ त्यसको लागि मानवमा बाँडफाड गर्नुहुन्न चाहे त्यो जातको आधारमा होस् चाहे त्यो लिङ्गको आधारमा नै किन नहोस् । बामगठबन्धन अहिलेको मुलुकको लागि एकदम राम्रो कुरा भएको छ । राजनीतिक नीतिनियम जसरी बनेको छ त्यसलाई नैतिकताका साथ पूरा गरे अबको १२÷१५ वर्षमा नेपाल सिंगापुर बनेको देख्न पाइनेछ । छिमेकी राष्ट्रहरूको तुलनामा हामी समृद्धीको निकै अगाडि पुगिसकेका छौं ।त्यसैले अब नेपाललाई विकास र समृद्ध हुनबाट कसैले पनि रोक्न सक्दैन । à